बझाङ। बझाङकी एक युवतीको भारतमा भिरबाट लडेर मृत्यु भएको छ। भारतको केदारनाथमा बझाङकी १९ वर्षिय हर्कला बुढाको घाँस काट्ने क्रममा भिर बाट लडेर बिसपाथिभेरा गाउँपालिका ६ लेकगाउ घर भएकी हर्कला बुढाको मृत्यु भएको हो।
बुढा कामको शिलशिलामा यसै महिनाको १५/१६ गते भारतको केदारनाथमा गएकी थिइन्। उनको शनिबार मध्यान्ह १२ बजे तिर लडेर मृत्यु भएको उनका दाई नाता पर्ने घनश्याम बुढाले जानकारी दिएका छन् । उनका अनुसार दाहासस्कार पनि भैसकेको बताईएको छ ।