काठमाडौं। नेपाली कांग्रेसका महासमिति सदस्य तथा कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष शंकर कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा एकजना पक्राउ परेका छन्। कँडेलले आत्महत्या अघि लेखेको सुसाइड नोटमा उल्लेख भएको नामको आधारमा परिवारले दिएको किटानी दिएपछि चितवन बस्दै आएका बझाङ घर भएका जीवनबहादुर रावललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनलाई बाराबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो। अनमोल फुड्स प्रालिको सेयर बिक्रिपछि देखिएको आन्तरिक समस्याको कारण कँडेललाई सेयर खरिद कर्ताहरु प्रदीप रुङ्गटा र चार्टर एकाउन्टेन जीवन रावल र अर्का सिएले नियमित मानसिक तबाब दिएपछि आत्महत्याको लागि कँडेल बाध्य भएको सुसाइड नोटमा उल्लेख भएअनुसार परिवारले उनीहरुविरुद्ध उजुरी दिएको थियो । पोल्टी व्यवसायी कँडेल गत बैशाख १९ गते झुण्डिएको अवस्थामा आफ्नै अफिसमा मृत भेटिएका थिए । उनको अफिस भरतपुर महानगरपालिका ३ स्थित बेलचोकमा रहेको छ ।