बैतडी। बैतडीमा भीरबाट लडेर गम्भीर घाइते युवकको उपचारका क्रममा मृत्यु भएको छ। बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँका ३२ बर्षीय हर्कसिंह थलालको उपचारका क्रममा धनगढीमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।
गएको चैत १७ गते घर जाने क्रममा थलालगाउँको भीरबाट लडेका थलाल गम्भीर घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा बुधबार राति थलालको निधन भएको बताइएको छ । प्रहरीका अनुसार उनीमा कोरोना भाइरसको संक्रमण समेत पुष्टि भएको थियो। सेती अस्पतालको कोरोना अस्पतालमा उनको मृत्यु भएको हो।
बैतडी–बैतडीमा भीरबाट लडेर गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँका ३२ बर्षीय हर्कसिंह थलालको उपचारका क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।गएको चैत १७ गते घर जाने क्रममा थलालगाउँको भीरबाट लडेका थलाल गम्भीर घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा बुधबार राति थलालको निधन भएको बताइएको छ । थलालको उपचारका क्रममा मृत्युपछि अहिले थलाल गाउँ शोकमा डुबेको छ । मृतक थलालका तीन बर्षीय छोरा र श्रीमति घरमा रहेका छन्।


