डडेल्धुरा। डडेल्धुरामा ढुंगा प्रहार गरि एक जना महिलाको हत्या गरिएको छ। डडेल्धुराको परशुराम नगरपालिका ४ रज्यौडाका गोपाल राउटेले बिहीवार राति परशुराम–५ बसगौरा बस्ने ६३ वर्षीया गोमति थापा मगरलाई ढुंगा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ।
ढुंगा के कती कारण प्रहार गरेको भन्ने बारे खुलेको छैन् । ढुंगा प्रहार गर्ने राउटे फरार रहेको र उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।


