बैतडी । भिरबाट लडेर बैतडीमा एक पुरुषको ज्यान गएको छ । पाटन नगरपालिका वडा नम्बर १० का ४३ वर्षीय राजबहादुर साउँदको मंगलबार साँझ भिरबाट लडेर मृत्यु भएको हो।
मंगलबार साँझ बजारबाट घर फर्कने क्रममा ठूलाखाली भन्ने स्थानबाट लडेर साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


