बझाङ। मोटरसाइकल दुर्घटनामा परि बझाङका एक युवकको मृत्यु भएको छ । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ लामागडाका दीपक रावतको काठमाण्डौँमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको आफन्तले बताएका छन्।
उनको घटना स्थलमा नै मृत्यु भएको नारद सिहँले बताए । शुक्रवार राति सुपप्र ०१– ०१० प २२५५ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोकिदाँ २३ वर्षीय रावतको मृत्यु भएको आफन्तले बताएका छन्।