बैतडी। बैतडीमा लगातार दुईवटा भूकम्प गएका छन्। बैतडीमा बिहीबार बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
Advertisement



भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको जानकारी दिए । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केन्दविन्दु बनाएर भूकम्प गइरहेको छ ।
Advertisement
