बझाङ। बझाङमा एक जना युवक मृत अवस्थामा फेला परेका छन्। बझाङको सुर्मागाउँपालिका–२ पटुरीका १८ वर्षीय किसन बोहरा मृत फेला परेको प्रहरीले जनाएको छ। उनी सुर्मागाउँपालिका वडा नम्बर २ पानीपारा खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
Advertisement



मंगलबार दिउँसो सोही गाउँपालिका–१ दौलिचौरतर्फ घुम्न जान्छु भनि गएको र रातीसम्म घर नआएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको बझाङ प्रहरीले जनाएको छ ।
Advertisement
