बझाङ्ग। बझाङमा बालुवामा गुटमुटिएको अवस्थामा नवजात शिशु मृत अवस्थामा फेला परेका छन् । बझाङ्गको जयपृथ्वी नगरपालिका(१० चैनपुरमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
चैनपुरस्थीत बाहुलीगाडको किनार निर्माणाधीन बसपार्क नजिकै सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुलाई फेला परेको बताइएको छ। तर बच्चा कसको हो भन्ने जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ। सो विषयमा अनुसन्धान थालिने बताइएको छ। जिल्ला प्रहरी कार्यालय बझाङले शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको र उक्त स्थानमा प्रहरी टोली खटाई शव फाल्नेको खोजी भइरहेको जनाएको छ।