बझाङ। बझाङको छविस पाथिभेरा गाउँपालिकामा जिप दुर्घटना भएको छ। बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर १ पिपलतोला भन्ने ठाउँमा बुधबार साँझ जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।
जिल्लाको छविस पाथिभेरा गाउँपालिकाबाट भाडे आउने क्रममा से.१ ज ११२० नम्बरको जिव आज बुधबार बेलुका ४ बजे तिर दुर्घटना भएको उनले बताए। जिप दुर्घटना हुदा ४ जना घाइते भएका छन। घाइते हुनेमा सुर्मा गाउँपालिका वडा नं.५ की ६० वर्षिया फुलु बोहरा, सुर्मा ५ का २३ वर्षिया मथु राज जेठारा, सुर्मा ५ कै ५० वर्षिया देबु बोहोरा र छविस पाथिभेरा गाउँपालिका वडा नं. ३ की २० वर्षिया गंगा भट्ट रहेकी छिन।
फुलु बोहोराको टाउँकोमा गम्भिर चोट लागेकोले जिल्ला अस्पतालमा उपचार हुन नसकेपछी धनगढी रेफर गरिएको र अन्यको जिल्ला अस्पताल बझाङमा उचार भइरहेको छ। जिप सडकमा बे्रक फेल भएर पल्टिएको र जिव चालकलाई प्रहरीले नियन्तणमा लिएको बझाङ प्रहरीले जनाएको छ।