बझाङ। बझाङमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन। बझाङको खप्तडछान्ना गाउँपालिकामा रहेको पाटादेवल नजिकै खप्तडको फेदमा रहेको जङ्गलमा बाघले आक्रमण गरेको हो। हुम्ला सिमिकोट–७ घर भई बझाङमा भेडा च्याङ्ग्राको ब्यवसायी गर्दै आएका राजमल शाही घाइते भएको प्रहरीले जनाएको छ।
उनी जङ्गलमा भेडा,च्याङ्ग्रा चराईरहेका थिए। उनका आफन्त यज्ञ बहादुर शाहीले बाघले आक्रमणबाट शाहीको खुटा र हातमा चोट लागेको जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय बझाङले घाइते शाहीको बझाङ्ग स्थीत खप्तडछान्ना गाउँपालिकाको स्वास्थ्य शिविरमा उपचार भइरहेको जनाएको छ।