दार्चुला। दार्चुलास्थीत महाकाली नदीमा बग्दै गरेका एक जना व्यक्तिको उद्धार गरिएपनी मृत्यु भएको छ। महाकाली नदीमा एक व्यक्ति बगिरहेको खबरपछि उद्धार गरेको प्रहरीको टोलीले अस्पतालमा पुर्याएर मृत्यु भएको जनाएको छ। मृतक व्यक्तिको पहिचान भने खुल्न बाँकी छ।
उद्धार गरिएका अन्दाजी ५० बर्षीय पुरुषलाई उपचारका लागि दार्चुला अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको दार्चुला प्रहरीले जनाएको छ। प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जगत मगरले महाकाली नगरपालिका वडा नं ४ बांगाबगरस्थित रिङ्न ताल नजिक महाकाली नदीमा ती व्यक्ति बगीरहेको खबर पाएपछि सोमबार बिहान प्रहरीले उद्धार गरेको बताए। ती व्यक्ति कहाँबाट बगेका हुन् भन्ने जानकारी समेत नभएको प्रहरी निरीक्षक मगरले बताए। मृतकको शव अहिले दार्चुला जिल्ला अस्पतालको शव गृहमा राखिएको जनाइएको छ।