बझाङ। बझाङमा बाघले १० वटा बाख्रा मारेको छ। बझाङको थलारा गाउँपालिका वडा नं ९ अफ्लाका स्थानिय जगत बहादुर विष्टले पालेका १० वटा बाख्रा बाघले बिहीवार दिउँसो मारेको हो। थलारा गाउँपालिका वडा नं ९ नजिकै रहेको नाउली नवादेउ सामुदायिक वनमा चराउन लगेका बाख्रा बाघले मारिदिएको विष्टले बताए। विष्टको झन्डै २ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ।
झन्डै १२ वर्ष भारतमा रोजगारी गरेर फर्कनु भएका विष्ट २२ वटा बाख्रा पाल्दै आएका थिए। बाघले १० वटा बाख्रा मारेपछि ऋण निकालेर गाउँमै कालीका बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर व्यवसायी सुरु गरेका थिए । तर बाघले एकै दिन १० ओटा बाख्रा मारेपछि विष्ट चिन्तित भएका छन्। यसरी बाघले गाउँघरमै आएर आतंक मच्चाएपछि स्थानियहरु त्रसित भएका छन्।