बझाङ। बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। गयराति जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर १ पोखरी भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा चालक डडेल्धुराको परशुराम नगरपालिकाका टेकेन्द्र बोहरा घाइते भएका हुन्। प्रहरीका अनुसार बोहरालाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ ।
राति सुपप्र ०१००२ त ४४१८ नम्बरको ट्रयाक्टर वित्थडचिर गाउँपालिका वडा नम्बर १ पोखरीमा सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।