बझाङ। बझाङमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ। बझाङको खप्तड छान्ना गाउँपालिकामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिक( १ गोठखोलाका लालबहादुर खत्री कि श्रीमती ५५ बर्षिया धनलक्ष्मी देवी खत्री रहेकी छिन्।
Advertisement



उनि सोमबार बिहान ९ बजेको समयमा घर नजिकैको भिमलको रुखबाट खसेर घाइते भएकी र जिल्ला अस्पताल बझाङमा उपचारकाक्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।
Advertisement
