धनगढी। कञ्चनपुरबाट साढे १५ किलो चरेस सहित १ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय धनगढी अन्तर्गत क्षेत्रीय अनुसन्धान समुहका प्रहरी सहायक निरीक्षक मोहन रावलको कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा १५ किलो ५२० ग्राम चरेस सहित एक जना पक्राउ परेको प्रहरीले बताएको छ।
कन्चनपुरको भिमदत्त नगरपालिका ३ कालिका टोलबाट १५ किलो ५२० ग्राम चरेस सहित बझाङ केदारसीऊ गाउपालिका वडा नं-७ वस्ने वर्ष ४० को करन धामी लाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अशोक सिंहले बताए । पक्राउ परेकालाई कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय कन्चनपुरको जिम्मा लगाइएको डिआइजी सिंहले बताए।
त्यस्तै क्षेत्रीय अनुसन्धान समुहले भजनी नगरपालीका बिभिन्न वडाबाट चोरीका ३ थान मोटरसाइकल बरामद गरी थप अनुसन्धान भैरहेको डिआइजी सिंहले बताए ।बिहिवार कमान्ड सम्हालेका सिंहले मातहतका प्रहरीलाई इमानदारीताका साथ जनताको सेवामा लाग्न निर्देशन दिएका थिए। सिंहले प्रदेशका नौ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई प्रदेश प्रहरी कार्यालय धनगढीमा भेला गराई इमान्दारीका साथ दत्तचित्त भै कुनै आर्थिक प्रलोभनमा नपरी सेवामा खटिन निर्देशन दिएका छन।