डडेल्धुरा। डडेल्धुरामा एक बालकको हत्या गरी खाल्डोमा पुरिएको आशंका गरिएको छ। डडेल्धुराको आलिताल गाउँपालिका-८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्डोमा पुरिएको आशंका गरिएको स्थानियले बताएका छन्।
इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडूले प्रहरी टोली अहिले घटनास्थलमा पुगिसकेको बताए। बडूले शंकास्पद भनिएको घटनास्थल उत्खननका लागि जिल्लाबाट विज्ञको टोली मगाइएको बताए। आमा र सौतेनी आमा प्रहरी नियन्त्रणमा लिएको छ। बोहरा १२ पुसदेखि बेपत्ता थिए। उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्।
पुस २७ गते स्थानीयले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए। बालकका बुवा रोजगारीको सिलसिलामा भारतमा रहेका छन्।घरमा आमा, सौतेनी आमा र एक जना उनका दाइ छन्। प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडूले शंकास्पद भनिएको घटनास्थल विज्ञ टोलीले उत्खनन गरिरहेको जानकारी दिए। ‘शंकास्पद घटनास्थल उत्खनन सुरु गरेका छौं, विज्ञ टोली पनि पुगेको छ’,‘शव भेटिसकेको छैन बडूले भने।’