कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले राजिनामा फिर्ता लिएका छन्। बिहीबार वडाध्यक्ष महराले राजिनामा फिर्ता लिएर महरा नियमित वडाको काममा फर्किएका छन ।नगरपालिकामा अनियमितता भएको भन्दै गत साता उनले १२ औँ नगर सभा चलिरहेकै बेला मेयर रणबहादुर महरालाई राजिनामा बुझाएका थिए।
पहिलो कार्यकालमै वडाध्यक्ष भएपछि लोकप्रिय काम गरेका महराले दोस्रो पटक अध्यक्षमा निर्वाचित भएको बर्षदिन नपुग्दै पदबाट राजिनामा दिएपछि उनीमाथि स्थानीय जनता र माओवादी पाटीबाट ब्यापक जनदवाव आएको थियो ।वडाध्यक्ष महराले नगर प्रमुख रणबहादुर महरासँग नगरपालिकाभित्र भएको विभिन्न बेतिथिको तथ्य, तथ्यांक र प्रमाणका आधारमा कार्यपालिका मार्फत आवश्यक छानबिन र कार्बाही गर्ने सहमती भएपछि राजिनामा फिर्ता लिएको बताए।
वडाध्यक्ष महराले शुक्लाफाँटा नगरपालिकाको ८३ औँ कार्यपालिका बैठकमा भएको तत्कालिन शिक्षा अधिकृत हाल प्रमुख प्रशासकीय अधिकृत माथिको छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने, नगरमा सञ्चालित एडिबीको ऋण सहयोगमा निर्माणाधिन योजनामा भएको ढिलासुस्ती छानबिन गरेर कारबाही गर्ने लगायतका विषयमा सहमती भएको बताए। वडाध्यक्ष बहादुरसिंह महराले राजिनामा फिर्ताका लागि निवेदन दिएपछि राजिनामा फिर्ता गरिएको मेयर रणबहादुर महराले बताए। राजिनामा पत्र फिर्ता लिएसँगै वडा अध्यक्ष महरा नियमित वडाको काममा फर्किएका छन्। निर्माणाधिन योजनामा भएको ढिलासुस्ती छानबिन गरेको लगायतका विभिन्न भ्रष्टाचारजन्य निष्पक्ष छानबिन र कार्बाही सहितका विषयमा सहमती भएको बताए । वडाध्यक्ष महरा नियमित काममा फर्किएपछि स्थानीय हर्षित भएका छन।थप न्युज हेर्नुहोस्