धनगढी। सुदूरपश्चिममा माओवादी संसदीय दलको बैठक अझै सुरु हुन सकेको छैन। शनिवार माओवादी संसदीय दलको नेता चयनकालागी ३ घण्टासम्म बसेको बैठक निश्र्कष बिहीन बनेपछि पुनः आज आईतबार बिहान ९ बजेकालागी बोलाइएको थियो । तर अहिलेसम्म माओवादी संसदीय दलको बैठक अझै सुरु हुन सकेको छैन।
बैठडक बोलाइएको २ घण्टा सम्म हुँदासम्म पनि बैठक सुरु हुन नसकेको हो। अहिले प्रदेश सभामा अधिकांश प्रदेश सभा सदस्यहरू पुगिसकेका छन् । प्रदेश इन्चार्ज खगराज भट्ट पुग्न ढिलाइ भएको हुँदा बैठक सुरु हुन नसकेको हो । केही बेरमा सुरु हुने बताइएको छ ।आज बस्ने बैठकले सर्वसम्मत रुपमा दलको नेता चयन गर्ने दाबी गरिएको छ ।यहाँ दलको नेताका लागि ओमविक्रम भाट र स्थायी कमिटि सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट दावेदार छन्। माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभामा ११ सांसदसहित दोस्रो दल बनेको छ।सुदूरपश्चिम प्रदेशमा माओवादीका ११ सांसद छन्।