बझाङ। बझाङमा ट्याक्टर दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ। सोमबार साँझ साढे ७ बजे बझाङको छविसपाथीभेरा गाउँपालिका-५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।छबिसपाथिभेरा-५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।
अवस्थीका अनुसार उनीहरुको घटनास्थलमै ज्यान गएको हो। झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको उक्त ट्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको हो। झोलुङ्गे पुलको सामान लिएर गएको ट्याक्टर उकालो चढ्न नसकेर पछाडि सर्दा पल्टिएको प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।