बझाङ। बझाङमा भालुको आक्रमणबाट एकजना घाइते भएका छन्। बझाङ्गको छबिसपाथिभेरा गाउँपालिका– ५ इडेढुंगाका ३४ वर्षीय लालबहादुर धामी भालुको आक्रमणबाट घाइते भएका छन्। धामीलाई बुधबार बिहान १० बजेको समयमा घर नजिकैको स्वालवन जंगलमा बाख्रा चराउन जाने क्रममा भालुले आक्रमण गरेको हो।
प्रहरीका अनुसार घाइते धामीको दाहिने हात भाँचिएको छ भने ठाउको र छातीमा चोट लागेको छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लगिएको प्रहरीले जनाएको छ। भालुले एकाबिहानै गाउँघरमा आएर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।