बझाङ। बझाङमा एक पुरुष झुन्डिएको अवस्थामा फेला परेका छन। बझाङ मष्टा गाउँपालिकामा बुधबार दिउँसो ३ बजे एक युवक झुन्डिएको अवस्थामा फेला परेका हुन्। जिल्लाको मष्टा गाउँपालिका वार्ड नं. १ डुम्राकोट स्थायी घर भएका धनबहादुर धौले ओखेडा झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेका छन।
घरभन्दा करिब दुई किलोमीटर टाढा रहेको सिल्की भन्ने ठाउँमा उनलाई स्थानीयले झुन्डिएको अवस्थामा फेला पारेका हुन् । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।