बझाङ। बझाङमा मोटरसाइकल अनियन्त्रित हुँदा सेती नदीमा खसेको छ। बझाङको छबिस पाथिभेरा गाउँपालिका(१ तोमिल भन्ने ठाउँबाट घर गइरहेका दुर्गाथली गाउँपालिका(३ का २१ वर्षीय माइकल माडले चलाएको अनटेस्ट मोटरसाइकल सेती नदीमा खसेको प्रहरीले बताएको छ।
चालक माड भने बाच्न सफल भएको र उनको अवस्था सकुशल रहेको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले साँघुरो बाटोका कारण मोटरसाइकल अनियन्त्रित भई सेतीमा खसेको जनाएको छ।