बाजुरा। बाजुरा प्रदेश (क) का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही बिजयी भएका छन। बाम लोकतान्त्रीक गठबन्धन बाट प्रदेश क को उम्मेदवार रहेका शाहीले १० हजार ९ सय ७३ मत ल्याएर बिजयी भएका हुन। उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२ मत प्राप्त गरी पराजित भएका छन।
त्यसै गरी बाम लोकतान्त्रीक गठबन्धनबाट मित्रवत प्रतिस्प्रधामा रहेका नेकपा माओबादी केन्द्रका उम्मेदवार कर्ण बहादुर विक (केशव)ले १ हजार ९८ मत प्राप्त गरेका छन । राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका शाहीलाई काँग्रेसले सर्मथन गरेको थियो । चुनावी प्रचारप्रसारका क्रममा उनको मुख्य एजेण्डा गरिबि न्युनिकरण गर्ने रहेको थियो । बाजुरा जिल्ला सबैभन्दा गरिबि जिल्ला हो ।
बाजुराको पनि सबै भन्दा बढी गरिब भएको गाउँपालिका स्वामीकार्तिक गाउँपालिका हो । शाही स्वामीकार्तिक खापर गाउँपालिकामा जन्मेका हुन् । हिमाली, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका पनि गरिबको अग्रस्थानमा रहेका छन् । शाहीले मतदाता भेटघाटमा क्रममा मतदाता सँग भने अन्य समस्या पनि धेरै छन्, सबै भन्दा मुख्य चुनौती र समस्या गरिबि रहेको बताउदै आएका छन । गरिबि न्युनिकरणका लागि रोजगारिको सिर्जना सँगै विकास निर्माणमा आफ्नो भुमिका रहने वताएका छन् ।