बझाङ। बझाङको छविस पाथिभेरा १ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बझाङ प्रहरीले मृत्यु हुनेमा छविस पाथिभेरा गाँउपालिका वडा नं १ का ४० वर्षीय शिवहरी गिरी रहेका जनाएको छ।
मृतक गिरी सडकमा काम गर्ने लेन्थवर्कर रहेको प्रहरीले जनाएको छ। उनको आज दिउँसो ४ बजेतिर मटेलामा रुखको हाँगा काट्ने क्रममा बिजुलीको तारमा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको थियो।