कैलाली। नेपाल कम्युनिष्ट पार्टीले कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरेको छ। शनिबार सरकारी आवासमा मदिरा सेवन गरी फर्निचर लगायत टेबुल तोडफोड गरेको लगायत ४ बुँदे माग राख्दै नेपाल कम्युनिष्ट पार्टीले नगरपालिकामा तालाबन्दी गरेको हो। कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा तालाबन्दी गरेपछि कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन्।
मादक पदार्थ सेवन गरी सरकारी आवासमा फर्निचर टेबुल, कम्प्युटर तोडफोड गरेको भन्दै तालाबन्दी गरिएको प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । यस्तै ४ महिना बितीसक्दा पनी ढुङ्गा गिट्टी, बालुवामा टेन्डर नगरी मनोमानी गरेको, ढुङ्गा गिट्टी, बालुवा उत्खनन् बिना मापदण्ड ओसार पोसार र पैसा असुल गरेको, मादक पदार्थ सेवन गरी जनप्रतिनिधी र कर्मचारी समेतले प्रमुख कार्यकारी अधिकृतको सरकारी आवासमा रहेको फर्निचर टेबुल, कम्प्युटर तोडफोड गरेको र भन्दै तालाबन्दी गरिएको नगरपालिकाको बजेटमा भ्रष्टाचार गर्ने, कमीसन खाने , ब्रम्ह लुट मच्चाउने कार्यभन्दै तालबन्दी गरेको जनाएको छ।
भिडीयो: नेपाल मार्गबाट
https://www.facebook.com/nepalmarganews/videos/721334599418186