बझाङ। नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरले चुनाव हारे पनि जनताको मन जित्न सफल भएको बताएका छन्। बझाङ जिल्लामा महरले आयोजना गरेको मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
महरले चुनाव हारे पनि जनताको मन जित्न सफल भएको भन्दै सबै मतदातालाई धन्यवाद दिए। उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीसँग प्रतिनिधिसभा सदस्यमा ९ सय ९८ मतले पराजित भएका थिए।जोशी २८ हजार १४३ मत ल्याएका थिए। महरले २७ हजार १४५ मत पाएका थिए।
उनलेमतदातालाई भेटेर महरले चुनाव हारेपनि आफू जनताकै माझमा रहेको र जनताको मन र राजनीति जितेको बताए। यसपटकको निर्वाचन बडो रोचक र बडो ज्ञान बर्धक रहेको उनले भने, बिश्वबिद्यालयको ज्ञान भन्दा निर्वाचनमा प्राप्त गरेको ज्ञान चै महत्वपुर्ण र अविस्मरणीय रह्यो उनले भने । जनताको बिचमा जनताको घरदैलोबाट जुन ज्ञान प्राप्त भयो ,जुन शिक्षा आर्जन गरेको छु, मेरो जिवनमा आजसम्म आर्जन गरेको सबैभन्दा ठुलो शिक्षा यही हो भन्ने लाग्छ उनले भने। देशभर प्रत्यक्ष तर्फ नेकपा एमाले केही मतले पछाडी परेपनी समानपातीकमा राम्रै मत आएको बताए। म आफु हारेर डराएर नभाग्ने बताउँदै उनले यो मत परिणामले आफूलाई थप जिम्मेबार बोध गराएको छ। थप बलीयो र साहस बढाएको छ उनले भने ।
‘एमालेलाई बझाङमा अगाडि बढाउने थप जिम्मेवारी पनि मेरो काँधमा आएको छ, उनले भने। जनताले दिएको अपार माया र मतबाट आफू भावविभोर भएको महरको भनाई छ। ‘जय र पराजयलाई स्वभाविक रुपमा लिएको छु,’ उनले भने, ‘बझांगी जनता परिवर्तनको पक्षमा उभिएको प्रष्ट भयो, यो परिणामबाट धेरै हतोत्साही नहुन कार्यकर्तालाई अनुरोध गर्छु, उनले भने । निर्वाचनमा मुख्य कुरा जनताका आकाँक्षा पुरा गर्ने मेरो जिम्मेबारी हो । बझाङ जस्तो पछाडी पारिएको क्षेत्रलाई अगाडी बढाउने चिन्तन मनन गर्ने कुरा महत्वपुर्ण रहेको बताउँदै अहिले आफुले कसैलाई दोष नदिएको बताए। मैले त्यस्को दोष आफैलाई दिइरहेको उनले बताए । जनताको प्रचार प्रसार भन्दा आफुलाई माया गरेको बताए । यसपटक जनताको चाहेको प्रतिनधि म थिए ।
जनताले जिताउन चाहेको प्रतिनिधी म थिए उनले भने। तर जनताले चाहेपनी आफु पछाडी पर्दो रहेछ। त्यो बिडम्बना भयो, उनले भने। कही मत लुटिए,कही दवाबमा परे मतहरु,उनले भने । बझाङको बिकासका लागी र बझाङको नेतृत्व गर्छ सक्छ भनेर दिएको माया मत परिणाम बदल्न नसकेपनी यो माया बिश्वास कहिले बिर्सन नसक्ने उनले बताए । यहाँहरुले लगाएको गुन कहिले भुल्ने छैन् । यो गुन यहाहरुका जनताको सेवामा तिर्ने बताउँछन् । उनले ऐन महर हारेर काठमाण्डौँ जाला भन्ने कुरा गरे पनी आफु बझाङमै बस्ने र जनताको घरदैलो मै ५ बर्ष नभएर जिन्दगी भरी यही रहने दावी गरे । यदी काम मात्रै परेको बेला बझाङबाट हुन नसकेको काम बाहेक आवश्यकताका आधारमा काठमाण्डौँ जाने बताए। उनले निर्वाचनमा हारजित भएपनी एमालेले जितेको बताए । बझाङका जनताले जितेका छन् । आफूलाई यहाँका जनताले राजनितीक बिश्वास कायम गरेको बताएका छन्।