दार्चुला। दार्चुलामा ट्याक्टर पल्टिएर कैलालीका एक पुरुषको मृत्यु भएको छ। दार्चुलाको नौगाड गाउँपालिका ३ को सडकमा सुपप्र ०१ ००२ त ५३१४ नम्बरको ट्याक्टर पल्टिएर कैलालीका एक मजदुरको मृत्यु भएको हो।
ढुङ्गा अनलोड गर्ने क्रममा पल्टिएर कैलाली गोदावरी नगरपालिका २ का ५० वर्षीय पल्टुराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। बिहीबार दिउँसो दुर्घटना हुँदा सडकको तलपट्टी जाली भर्ने काम गर्ने भैरहेको थियो । ट्याक्टरले थिचेर गम्भीर घाइते भएका सोही नगपरपालिका ४ बस्ने ४५ वर्षीय कालुराम चौधरीकोई गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।