बैतडी। बैतडीमा नेकपा एमालेका दामोदर भण्डारीले अग्रता कायमै राखेका छन्। बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी र गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर बिच मुख्य प्रतिस्पर्धा छ।
अहिलेसम्म मत गणना हुँदा भण्डारीले २७ हजार ९३९ मत प्राप्त गरेका छन्। यस्तै उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवरले २७ हजार ७०१मतका साथ पछ्याइरहेका छन्। एमालेका भण्डारी र माओवादीका कुँवर बिच २३८ को मतान्तर छ ।