दार्चुला। दार्चुलामा मत गणना जारी छ। दार्चुलाको प्रतिनिधिसभा क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत परिणाम बीचमा रोचक प्रतिस्पर्धा हुँदैछ। एमाले उम्मेदवार गणेशसिंह ठगुन्ना र नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूका बीच रोचक प्रतिस्पर्धा भइरहेको हो।
अग्रता लिइरहेका एमालेका ठगुन्नालाई काँग्रेसका दिलेन्द्रप्रसाद बडूले पछि पारेका छन् । यसअघि सुरुवातीमा ठगुन्नाले अग्रता लिएका थिए । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका बडूले अग्रता लिएका हुन्। उनले १३ हजार २३० मत प्राप्त गरेका छन्। १३ हजार १८२ मतसहित ठगुन्ना पछ्याइरहेका छन्। दार्चुलामा नेपाली कांग्रेसलाई नेकपा माओवादी केन्द्रले साथ दिएको थियो। प्रदेशसभा क्षेत्र १ मा कांग्रेसका विक्रमसिंह धामी र २ मा माओवादीका मानबहादुर धामी विजयी भइसकेका छन्।