कैलाली। कैलाली क्षेत्र नम्बर ५ मा मत गणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभा उम्मेदवार तर्फ नेपाली काँग्रेसले अग्रता लिएको छ । शुरुदेखि अग्रता लिएका नेकपा एमालेका उम्मेदवार नारदमुनी रानालाई पछि पार्दै काँग्रेस तथा साझा गठबन्धनका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका छन्।
१२ हजार सात सय ५८ मत गणना हुँदा काँग्रेसका पन्तले ४ हजार दुई सय ६ मत ल्याएका छन्। रानाले चार हजार ६५ मत पाएका छन्। उनीहरुका बीचमा २ सय ५९ मतको अन्तर छ। त्यस्तै स्वतन्त्र उम्मेदवार पुष्कर नाथ ओझा(माछा) ले एक हजार नौ सय ३१ मत ल्याएका छन्। स्वतन्त्र पार्टीकी ईश्वरी बिष्टले नौ सय २० मत ल्याएकी छन् । अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले छ सय ८३ मत ल्याएका छन्। सात सय ९६ मत बदर भएका छन्।


