कञ्चनपुर। कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले अग्रता कायमै राखेका छन्। कञ्चनपुर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तामाङ र नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगर उम्मेदवार छन्।
पछिल्लो मत परिणाम अनुसार तामाङले ९२४४ मत ल्याएका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार मगरले ५१५३ मत पाएकी छिन्। मतपरिणाम आउनेक्रम जारी रहेको छ ।