बझाङ। बझाङमा प्रतिनिधि सभा सदस्यको मत गणना जारी रहेको छ । अहिलेसम्म मत गणनाको मत परिणाम अनुसार एमालेका उम्मेदवार नेता ऐनबहादुर महर अगाडि रहेका छन्।
प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार महरले नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीलाई ४८२ मतान्तरले पछाडि पारेका हुन्। जिल्लाको ३४२३२ मत गणना गर्दा महरले १५५१५ मत पाएका छन्। जोशीले १५०३३ मत पाएका छन्।