डडेल्धुरा। डडेल्धुरामा सुरुवात देखी नै नेपाली काँग्रेसका उम्मेदवार शेर बहादुर देउवाले अग्रता कायम गरेका छन् । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले आफ्नो फराकिलो मतले अग्रता बढाइरहेका छन्।
२७ हजार ९६१ मत गणना हुँदा सम्म देउवाले १३ हजार ८५९ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्। ढकालको मत ७ हजार २३७ छ। यहाँ कांग्रेस बीपीका कर्णबहादुर मल्ल ४ हजार ८३ मत सहित तेस्रो स्थानमा छन्। यस्तै डडेल्धुरामा अहिलेसम्म १ हजार ७५७ मत बदर भएका छन्।