सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशको बाजुरा बाहेक सबै जिल्लाका सबै ठाउँमा मतगणना सुरु भएको छ। बझाङ साईपाल गाउँपालिकाको मतपेटिका सदरमुकाम ल्याउन ढिला भएपछि आज दिउँसो ४ बजेबाट मतगणनाको कार्य सुरू भएको हो । प्रदेशको बाजुरा बाहेक सबै जिल्लामा मतगणना कार्य जारी रहेको हो। कैलाली –१ मा नागरिक उन्मुक्ति पार्टी अगाडि रहेको छ। यस्तै कैलाली–२ मा पनि उन्मुक्तिनै अगाडि रहेको छ।
कैलाली– ३नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भइसकेका छन्। कैलाली–४ मा नेकपा एमाले छ भने कैलाली–५ मा पनि एमाले अगाडि रहेको छ। कञ्चनपुर–१ मा नेकपा एमाले, कञ्चनपुर २ र ३ मा नेपाली कांग्रेस अगाडि रहेको बताइएको छ। यस्तै डडेल्धुरामा पनि नेपाली कांग्रेस अगाडि रहेको छ। अछाम–१ नेकपा (एकीकृत समाजवादी) र अछाम–२ नेपाली कांग्रेस अगाडि देखिएको छ। डोटी प्रतिनिधि सभामा एकीकृत समाजवादी अगाडि छ। यस्तै अहिलेसम्मको मतपरिणाम हेर्दा बैतडीमा नेकपा एमाले र दार्चुलामा नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ। बझाङ – नेकपा एमाले अग्र स्थानमा रहेको छ।