कैलाली। कैलालीको क्षेत्र नम्बर १ मा मतगणना जारी छ। अहिले सम्म ६०१ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै छ । उन्मुक्ति पार्टीले २६९ मत ल्याउँदा नेपाली काँग्रेसले १६० मत ल्याएको छ । यस्तै नेकपा एमालेले ८४ मत प्राप्त गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ ,राप्रपाले ३६ ,नेमकिपाले २ र नेपालका लागी नेपाली पार्टी २ मत ल्याएको छ। ३६ मत बदर भएका छ । यहाँ प्रतिनिधि सभाको लागि नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ, कांग्रेसबाट रामजनम चौधरी, एमालेबाट तपेन्द्र रावल उम्मेदवार छन् ।