बाजुरा। बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो। सोही वडा नम्बर ७ का अन्दाजी २८ वर्षीय संजिव अयडीको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे।
अरु स्थानीयहरु घाइते भएको जानकारी दिएका छन्।उक्त घटनामा दर्जनौँ स्थानीय घाइते भएका छन् । घाइतेको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर त्यहाँ पुगेको छ । यहाँ अवस्था त्रासपूर्ण छ। कोलाहल र रुवाबासी चलेको उनले बताए । स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेको जनाइएको छ। यस्तै वडाध्यक्ष जुद्धबहादुर ऐडीका अनुसार गोली चलेपछि आधा दर्जन बढी स्थानीय घाइते भएका छन्। घाइतेहरुको पहिचान हुन सकेको छैन्। घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ। मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो।