दार्चुला। दार्चुलाको लेकममा विप्लवका २ जना नेता पक्राउ परेका छन् । दार्चुलाको लेकममा चुनाव विरोधी गतिविधि गरिरहेका विप्लव नेतृत्वको नेकपाका दुई नेतालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले नेकपाको युवा सङ्गठनका केन्द्रीय सदस्य जीवन विष्ट र नेकपाका जिल्ला सदस्य सुरेन्द्र विष्टलाई पक्राउ गरिएको बताएका हुन्। जिल्लाको लेकम गाउँपालिका १ स्थित बडिपुर मावि सर्मोलीको मतदान केन्द्रबाट उनीहरु पक्राउ परेको जानकारी दिए । दुवै जनामाथी थप अनुसन्धान भइरहेको जनाइएको छ ।