कैलाली। नेपाली सेनाका सुदूरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी विजय थापाले आम मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन।आज पत्रकारहरुसँग भेटभाटका क्रममा कुरा गर्दै पृतनापति उपरथी थापाले यस्तो कुरा बताएका हुन्। मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधी सभाको चुनावमा सरकारले निर्देशन गरेअनुरूप सम्पुर्ण सुरक्षाको तयारी पुरा भएको जानकारी दिए ।
उनले सुदूरपश्चिमका नौवटै जिल्लाका सुरक्षा समितिको निर्णय अनुसार यसपालीको चुनावमा नेपाली सेना सहितका चारवटै सुरक्षा निकाय अन्तरगत सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभाग गरी चारवटै सुरक्षा अंगहरू चुनावमा परिचालन गरिएको बताए। नेपाली सेना हरेक नेपालीको सुरक्षाको जिम्मा लिने प्रमुख सुरक्षा निकाय भएकाले चुनावमा निर्धक्क भएर मतदान गर्न आग्रह गरेको बताए । सुदूरपश्चिमका नौवटै जिल्लामा ३० वटा कम्पनी अपरेडिङ बेस, प्लाटुन अपरेटिङ बेस र सेक्सन अपरेटिङ बेसहरू खडा गरी परिचालन गरिएका छन्।
जिल्ला सुरक्षा समितिसँग समन्वय भएर सुरक्षा योजना बनाइएको उनले भने । २५० भन्दा बढी स्थानहरूमा ससाना टुकडीहरू खटिएर जनतालाई भयरहित रूपमा मताधिकार प्रयोग गर्नका लागि नेपाली सेना तयारी अवस्थामा रहेको बताए। सुरक्षाको हिसाबले सबै मतदाताहरूलाई भयरहित रूपमा मतदान गर्न पृतनापति थापाले आग्रह गरेका छन् । पृतनापति थापाले, सुदूरपश्चिम प्रदेशका संवेदनशील भनि जिल्ला सुरक्षा समितिले तोकेका स्थानमा हवाई गस्तीको पनि व्यवस्था गरिएको बताए। ‘संवेदनशील स्थानहरू, मतदान केन्द्रहरूलाई कभर गर्ने गरी हवाई गस्तीका लागी पनि हेलिकप्टर तयारी अवस्थामा राखिएको पृतनापति थापाले जानकारी दिए । पत्रकार भेटघाटका क्रममा सहायक रथी टंकप्रसाद भट्ट, प्रमुख सेनानी रबी केसी सहितका सेनाका अधिकारीको सहभागिता रहेको थियो। केही महिना चारवटा कमाण्ड प्रणालीमा गएको सेनाको संरचना गएको असोजदेखि फेरि पृतना प्रणालीमा आएको छ।