अछाम। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मंसिर ४ गतेको आसन्न चुनावमा जनताको साथ रहेको बताएका छन् । अछामको साँफेबगरमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै उनले जनताको साथ रहेकाले जित सुनिश्चित भएको बताएका छन् ।
मन्त्री कुँवर अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्बार रहेका छन् ।उनले जनतालाई झुट्टा आश्वासन नदिने र गर्न सकिने कुरा मात्रै बोल्ने गरेकाले जनताको बलियो साथ रहेको दावी समेत गरेका छन् । उनले भने,आफु निष्ठा र ईमान्दारीताको राजनीति गर्दै आएको छु । यस पटकको चुनावमा अछामी जनताको बलियो साथ रहेको छ।
ईमानदारीताको राजनीति स्थापित गर्न सत्ता गठबन्धनका उम्मेद्वारलाई वहुमतले विजयी गराउन आग्रह गर्छुु उनले भने । यस्तै मन्त्री कुँवरले अछामको दिगो विकासका लागि सत्ता गठबन्धनका स्वच्छ छवि भएका ईमान्दार उम्मेदवारहरुलाई जिताउन अनुरोध पनि गरेका छन्। अछामका जनताकै साथले आफु राजनीतिमा रहेको छु, उनले भने, संविधानको रक्षा गर्दै विकास र समृद्धिका लागि सत्ता गठबन्धन बनेको हो। यस्तै कार्यक्रममा बोल्दै पूर्वमन्त्री गोविन्द बन्दीले यसपटकको चुनाव चुनाव मात्रै नभई नेपालको अग्रगामी परिर्वतन, संविधानको रक्षा र लोकतन्त्रको विकासका लागिभएको बताए ।
गठबन्धनका उम्मेदवारप्रति अछामका जनताको ठुलो साथ सर्मथन रहेकाले विजयी सुनिश्चित रहेको उनले बताए। उनले नेकपालाई जनताले वहुमत दिएर जिताए पनि केपीले ओलीले ३ बर्षमै सबै तहसनहस पारेको आरोप लगाए। ओली सरकारले संसदलाई दुई दुई पटक विघटन गरेर देशलाई अध्यारोतर्फ लैजान खोजेकाले गठबन्धन बनेको बताए । काँग्रेस माओवादी, एकिकृत समाजवादी लगायतका दलहरु मिलेर संविधान र लोकतन्त्र बचाएको र आगामी ५ बर्ष गठबन्धन बन्ने दावी गरे ।
कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य, पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द शाहले गठबन्धनका उम्मेदवार विरुद्ध जाने नेता,कार्यकर्ताहरु कांग्रेस बन्न नसक्ने बताए।अहिलेको सत्ता गठबन्धन अछाममा मात्र नभई देशैभरी भएकाले ईमान्दारी साथ सबैले गठबन्धनका उम्मेद्वारलाई जिताउन उनले आग्रह समेत गरे ।देशको अस्तित्व बचाउन पनि गठबन्धन आवश्यक रहेकाले संघमा कलम, प्रदेस क मा रुख र प्रदेस ख मा हसिया हथौडा मतदान गर्न उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै कांग्रेस प्रदेश महामन्त्री एवम् सत्ता गबन्धनबाट अछाम १ मा प्रदेश सभाका उम्मेदवार मेघराज खड्काले अछामको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए । अछाममा गौरवका आयोजना सेती लोकमार्ग, साफेबगरलाई नयां शहर बनाउनका लागि पहल गर्ने बताए । लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, संविधान रक्षा गर्न र आफ्ना हकअधिकारको सुरक्षाका लागि सत्ता गठबन्धनलाई जिताउन उनले आग्रह गरे । कार्यक्रममा बोल्दै प्रदेस सभा ख का उम्मेदवार झपट साउँदले आफ्नो क्षेत्र पछाडी परेकाले निर्वाचित भएमा आर्थिक र भौतिक विकासका साथै जिल्लाको रामारोशन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउन जोडदार पहल गर्ने समेत बताए । उम्मेदवार साउँदले निर्वाचित भएमा स्थानिय स्थरमै रोजगार सिर्जना गर्ने दावी समेत गरे।मकालुखवरबाट

