दार्चुला। दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच कुटाकुट भएको छ ।दार्चुलाको अपिहिमाल गाउँपालिका–५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच क्रममा हिजो (बिहीबार) झडप भएको हो।कार्यकर्ताबीच भएको झडपमा चार जना घाइते भएका छन्।
गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका प्रदेश सभा क्षेत्र नम्बर–२ का उम्मेदवार रामदत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। झडपमा परि गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका–६ का जहेन्द्र धामी, जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका–३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका–९ का सुरेश बादी घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरुको लटिनाथ अस्पतालमा उपचार भइरहेको छ।
दार्चुला एमाले प्रदेश सभा ख का उम्मेदवार रामदत्त जोशीको कार्यक्रम अवरोध गर्दा झडप भएको स्थानियले बताएका छन्। झडपपछि इप्रका लटिनाथबाट खटिएको प्रहरी टोलीले उम्मेदवारको टोलीलाई लटिनाथ पुर्याएको थियो। प्रहरीकै स्कटिङको क्रममा मार्मा गाउँपालिका १ पारिबगर क्षेत्रमा फेरि गठबन्धनका कार्यकर्ताले उम्मेदवार चढेको गाडीमाथि ढुंगा प्रहार गरिएको जनाइएको छ ।