बाजुरा। बाजुरा सदरमुकाम मार्तडीमा एक घरमा आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका ८ थापाबाडाको एक संयुक्त घरमा आगलागी भएको हो। आइतबार बिहान वीरबहादुर थापा र धौली थापाको संयुक्त घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। विद्युतको तार सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले बताएको छ।
घटनामा मानविय क्षति नभएको र अन्य क्षतिको विवरण आउँन बाँकी रहेको छ। र उक्त आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको बताइएको छ।यस्तै बाजुराको बुढिन्नदा नगरपालिका ९ अगाउपानीमा ५ महिनाको शिशुको आगोले जलेर मृत्यु भएको छ । आइतबार बिहान ८:३० बजेको समयमा ज्ञानेन्द्र धामीको घरमा चुल्होमा बालिराखेको आगोबाट नजिकै रहेका लत्ता कपडामा आगो सल्केर बच्चा भएको ठाउँमा गइ जलेर बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।