डडेल्धुरा। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले केपी ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गरेको आरोप लगाएका छन् । गृह जिल्ला डडेल्धुरामा भएको चुनावी आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई २ बजे उठाएर संसद् भंग गरेको बताए ।दुई–दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको र आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको बताए ।प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री ओलीले दुई वर्षअघि नै संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई माँस्ने प्रयास गरेको बताए ।
संसद् भंग गरेपछि त्यसपछि मात्रै म प्रधानमन्त्री भएको बताए। यसपटक मेरो प्रधानमन्त्री बन्ने मन त थिएन तर ओलीजीको गलत कदमका कारण भएको उनले बताए । देशको उत्तम संविधान बनाए पनि ओलीले च्यात्न खोजेको आरोप लगाए ।उनले माओवादी केन्द्रलगायत वाम शक्तिहरूसँगको गठबन्धनतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले राजनीतिमा स्थायी शत्रु र मित्र नहुने बताए । ‘संविधान बचाउनका लागि एक ठाउँमा उभिएका छौँ’, उनले भने, ‘यो गठबन्धनलाई अझ १० बर्ष सम्म बचाएर राख्नुपर्दछ ।’ उनले स्थानीय तहका जस्तो अहिलेको निर्वाचनमा झन्झटिलो मतपत्र समेत नभएको हुँदा गठबन्धन दलहरुलाई जिताउन समेत आग्रह गरेका छन्।