कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिहले भीमदत्त नगरपालिका २ मा सम्पर्क कार्यालय खोलेका छन्। नेपाली कांग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेर पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका सिंहले सरस्वती मा.वि नजिक दुर्गादेवी पन्तको घरमा निर्वाचनसम्पर्क कार्यालय खोलेका हु्न् ।
पन्त चार वर्ष अघि बलात्कारपछि हत्या गरिएकी निर्मल पन्तकी आमा हुन् । पन्तका हत्यारालाई अहिलेसम्म कानुनी दायरामा आउन सकेका छैन । पुतली चुनावी चिन्ह लिएर चुनावी मैदानमा होमिएका सिहले चार वर्षपछि पन्तले न्याय नपाएकोमा चिन्ता व्यक्त गरे ।‘चार वर्ष भइ सक्यो, अहिलेसम्म न्याय पाएको छैन’ सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले भने,‘अब कहिले हो न्याय पाउने ?’२०७५ मा साउनमा भीमदत्त नगरपालिका १८ मा पन्तको शव भेटिएको थियो। पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगर केही दिनसम्म आन्दोलन चर्किएको थियो ।
काँग्रेसका महाधिवेशन प्रतिनिधि सिहले पन्तका हत्यारालाई कारवाही गर्न यस अघि पटक पटक माग गर्दै आएका छन् । उनले न्यायका लागि ठूलो आन्दोलनको आवश्यकता देखिएको र आफूले साथ समर्थन दिने बताए ।पन्तको न्यायका लागि काँग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध देशव्यापी आन्दोलन गरेको थियो । काँग्रेसले अपराधीलाई सरकारले लुकाएको आरोप लगाएको थियो । अहिले काँग्रेस नेतृत्वमा सरकार बनेपछि पन्तका हत्यारा पत्ता लगाउन सरकार वेवास्ता गरिएको छ।
स्वतन्त्र उम्मेदवार सिहले अहिले काँग्रेस र माओवादी सरकारले पन्तको न्यायका लागि आवाज समेत उठाउन नसकेकाले सबैले सोच्नु पर्ने बेला आएको बताए। उनले पन्तकी आमा दुर्गादेवीसित भेटघाट समेत गरेका छन् ।कञ्चनपुर ३ क प्रदेश सभा सदस्यका लागि सिफारिश सिह छलफल नगरी भागबण्डा गरिएपछि प्रतिनिधि सभा सदस्यमा बागी बनेका छन् ।‘नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका सिंहले एउटै उम्मेदवार दसकौँदेखि पटक–पटक चुनाव लड्दा नयाँ पुस्ताको राजनीतिमा आउने बाटो रोकिएको भन्दै कांग्रेसबाट बिद्रोह गरी सिंहले उम्मेदवारी दर्ता गरेका थिए।।जनीतिलाई सेवा होइन्, पेशा बनाइएको सिंहले बताए । उनले यस्तो अवस्थाले राजनीतिप्रति युवाको भरोसा कमजोर हुँदै गएको र युवा आकर्षण बढाउन पनि उम्मेदवारी दिएको उनले बताएका छन् । काँग्रेसमा २०४९ देखि सक्रिय उनी १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि भएका हुन् । स्वतन्त्र उम्मेदवार सिहले भीमदत्त नगरपालिका ६ मा पनि सम्पर्क कार्यालय खोलेका छन् । यस अघि भीमदत्त नगरपालिका ४ स्थित जानकी टोलमा निर्वाचन परिचालनका लागि कार्यालय खोलिएको थियो।