बाजुरा। बाजुराको बुढिगंगामा एकजना सुत्केरीको अत्याधिक रत्तस्राबका कारणले मृत्यु भएको छ। बुढिगंगा नगरपालिका ६ की २० बर्षकी नितु जैशीको मृत्यु भएको बुढिगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाहले वताए। नितुको सोमबार राति टाँटे स्वास्थ्य चौकीमा मृत्यु भएको नगरपालिकाले जनाएको छ ।
असोज ३१ गते सुत्केरी व्यथा लाग्ने बितिकै आफन्तले टाँटे स्वास्थ्य चौकीमा लगेका थिए । दिउसो साढे चार बजे नितुले छोरीको जन्मदिएकि थिइन् । स्वास्थ्य चौकीका इन्चार्ज छत्र थापाका अनुसार साल बेरिएको र बच्चा निशासीएको अबस्थामा बच्चा जन्मेको वताए । तर बच्चा जन्माउने बेला सुत्केरी महिलामा कुनै जटिल समस्या नभएको थापाले वताए । नितु सामान्य अबस्थामा रहेको भन्दै स्वास्थ्य चौकीले साढे ६ बजे घर पठाएको थियो । आफुहरुले त नाइ घरमा नलिनु भनेका थियौ, आफन्तले नमानेर घर लगेको थापाले वताए ।
घर लगेको केही समयमा नितु अत्याधिक रक्तस्राब भएपछि सोमबार राति साढे १० बजे टाँटे स्वास्थ्य चौकीमा ल्याएको स्वास्थ्यकर्मीले वताएका छन् । स्वास्थ्य चौकी पुगाएको २० मिनेटमा नितुको मृत्यु भएको इन्चार्ज छत्र थापाले वताए । स्वास्थ्य चौकी पुगाउदा अबस्था निकै जटिल रहेको थियो, उनलाई बचाउन नसकेको थापाले वताए ।बाजुरामा ३ बर्ष यता नितु लगायत ९ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताए । अर्को सुत्केरी भएको बेला आराम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको उनले वताए । बाजुरामा तथ्याङ्क कुनै नभएपनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाले वताए ।