दार्चुला। दार्चुला सदरमुकामस्थीत एक पसलमा आगलागी भएको छ। जिल्लाको सदरमुकाम खलङ्गास्थीत राधाकृष्ण चोकमा रहेको भट्ट जनरल स्टोरमा आगलागी भएको प्रहरीले जनाएको छ । हिजोराती ९ बजे ललित प्रसाद भट्टले आफ्नै घरमा सञ्चालन गरेको स्टोरमा आगलागी भएर पूर्ण क्षती भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बिद्युत सर्ट भएर आगलागी भएको हो। आगलागी नियन्यत्रणका लागी महाकाली नगरपालकिाको दमकल, सुरक्षाकर्मीका साथै स्थानियहरुको सक्रियतामा आगो नियन्त्रणमा ल्याएका हुन् । क्षतीको विवरण आउन बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ।