दार्चुला । दार्चुलाको लास्कु खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय मोहन लुहारको शव फेला परेको हो।
भदौ २५ गते अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो। बाढीले बगाउँदा १० जना बेपत्ता भएका थिए ।