बझाङ। बझाङ कारागारमा रहेका ६ जना कैदीको सजाय मिनाह गरिएको छ। संविधान दिवसको अवसरमा आज ६ जना कैदी बन्दीको सजाय मिनाह गरिएको हो। राष्ट्रपति कार्यालयका अनुसार बझाङका कर्तव्य ज्यान मुदा लागेका ४ जना, बहुविवाह गरेका १ जना र कुटपिट अंगभंग मुद्धा लागेका १ जना छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका ६ जना कैदी अनुसार कर्तव्य ज्यान मुदा लागेका छविसपाथिभेरा गाउँपालिका–३ का अम्मरबहादुर सार्की, थलारा गाउँपालिका–९ घर भएका विष्णुबहादुर सिंह, दुर्गाथली गाउँपालिका–१ घर भएका अम्मरबहादुर थापा, दुर्गाथली गाउँपालिका–७ घर भएका उजले दौल्याल, सुर्मा गाउँपालिका–२ का लोकबहादुर बोहरा, सुर्मा गाउँपालिका–२ का कलकबहादुर बोहरा रहेको जनाइएको छ ।