धनगढी। सुदूरपश्चिमको पहाडी जिल्ला र तराई जोड्ने भीमदत्त राजमार्ग २७ वर्षदेखि स्तरोन्नति हुन सकेको छैन् । कैलालीको अत्तरीया देखी डडेल्धुरा जोडने भीमदत्त राजमार्ग २०१८ सालतिर सडक निर्माणको चर्चा सुरु भएको थियो । झन्डै ६१ वर्ष बित्दा पनि सडकको हुनुपर्ने स्तरोन्नति हुन नसकेको छैन्।
बिसको दशकमा सडक रेखांकन र ट्र्याक खोल्ने काम सुरु भई २०२९ सालमा पहिलो पटक डडेलधुरामा गाडी पुगेको थियो ।सुदूरपश्चिमको लाइफलाइनका रूपमा रहेको यो सडकको ट्र्याक खुलेपछि २०४६ सालमा सुरु भएको कालोपत्रे गर्ने काम २०५२ मा सम्पन्न भयो । तर २७ वर्षदेखि सडक स्तरोन्नतिको काम भने हुन सकेको छैन । स्तरोन्नति नहूँदा सवारी दुर्घटनाको जोखीम निकै बढेको छ । कयौँ सवारी साधन दुर्घटनामा समेत मृत्यु भएको छ ।
हरेक दिन सो राजमार्ग भएर आवत जावत गर्ने यात्रूहरु डरत्रासका बिच यात्रा गरिरहेका हुन्छन् । सो राजमार्गमा पुगेपछि यात्रुहरूले गन्तव्यमा सहज तरिकाले पुग्न सकियोस् भन्दै ईश्वरसँग प्रार्थना गर्ने गरेका छन्। डडेलधुरा जाँदै गरेका यात्रु गोपाल शर्माले यस्तो दुर्दशा सडक अवस्थामा धेरैको ज्यान जाने गरेको महसुस गरेको बताए । यस्तै शोभाकर थापाले पनी भीमदत्त राजमार्गको दुर्दशा देखेर अचम्मित भएको बताए। प्रदेशका ९ जिल्लामध्ये सात पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्गको दुर्दशा देखेर दुःख लागेको बताउँदै यस्को स्तरोउन्नती नभएको बताए । उनले कैलालीको गोदावरीदेखि डडेलधुरा पुग्दासम्म उनले ८२ वटा मृत्युस्तम्भ गन्न भ्याएको पनि बताउँदै यात्रा गर्दा जोसुकै पनी यात्रूहरु डरैडरले यात्रा गरिरहेको बताए । हरेक घुम्तीमा मरेकाहरूको सम्झनामा बनाइएका मृत्युस्तम्भहरू बनाएका छन् ।
सडक कालोपत्रे भएको ३० वर्षसम्म सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने एक मात्र भीमदत्त राजमार्गको अहिलेसम्म स्तरोन्नति र सुधार हुन सकेको छैन । ‘२०२९ सालमा पहिलो पटक डडेलधुरा गाडी पुगेको तत्कालीन सडक विभागका कर्मचारी रामचन्द्र अवस्थीले बताए । २०४६ सालमा कालोपत्रे बन्न सुरु भएको हो उनले भने । ०५२ मा कालोपत्रे भइसकेपछि अहिलेसम्म पनि सडकको स्तरोन्नति हुन सकेको छैन । यसबीचमा यो राजमार्गमा दुर्घटनामा परी सयौंले ज्यान गुमाइसकेका छन् । राजमार्ग सुधारका नाममा हरेक वर्ष टालाटुली हाल्नेबाहेक योजनाबद्ध रूपमा सडकको स्तरोन्नति गर्ने काम कहिले पनि हुन सकेको छैन ।
एक वर्षअघि मोड सुधार गर्ने भन्दै गैरा भात्काँडा खण्डमा डोजरको प्रयोग गरे पहाड काटिएपछि झन् बढी सास्ती भोग्नुपरेको छ । २१ वर्षदेखि धनगढी डडेलधुरा सडकमा गाडी चलाउँदै आएका सवारी चालक हरिसिंह बोहराले पहाडी जिल्ला जोड्ने अर्को वैकल्पिक सडक पनि नबनेको उनको भनाई छ । उनले नाम मात्रको राजमार्ग भएको बताए ।उनका अनुसार कालोपत्रे हुँदा बनेका अधिकांश संरचना भत्किसकेका छन् । ‘हरेक वर्ष पिच भत्केको ठाउँमा टाला हाल्दाहाल्दै सडकको अवस्था ग्राभेल सडकभन्दा पनि दयनीय भएको छ ।’ दुर्घटना हुने मुख्य कारण पनि सडकको लेभल नमिल्नु भएको बोहराले बताए । ‘गाडी चलाउँदा उकालो–ओरालो बाटोमा हिँडेजस्तो हुन थालेको छ । चालकले कुन ठाउँमा सडकको लेभल कस्तो छ भन्ने थाहा नपाउँदा बढीजसो दुर्घटना हुने गरेको उनले भने ।
‘प्राविधिक दृष्टिकोणले हरेक ६ वर्षमा योजना बनाएर सडकको मर्मतसम्भार हुनुपर्ने सडक विभागका पूर्वइन्जिनियर महेन्द्र पन्तले भने । उनले कुन प्रविधिबाट बनेको सडक हो, त्यसै प्रविधिअनुरूपको मर्मतसम्भारको व्यवस्था नहुँदा समस्या देखिएको बताए । भीमदत्त राजमार्ग पुरानो प्रविधिले बनेको सडकमा योजनाबद्ध स्तरोन्नति हुन नसक्दा समस्या देखिएको पन्तले बताए । ६ वर्षको अन्तरालमा यो राजमार्गको स्तरवृद्धि गर्ने र मर्मतसम्भार गर्नुपर्ने भए पनि अहिलेसम्म त्यसअनुरूप काम नभएको सडक विभागका अधिकारीहरूले बताएका छन् ।
सामान्य मर्मत गर्ने, पहिरो सफा गर्ने र भत्केका ठाउँमा सामान्य मर्मतसम्भार गर्नेबाहेक अन्य कुनै पनि कार्यक्रम नभएको स्थानियहरुले बताएका छन् । ट्राफिक चापअनुसार सडक चौडा गर्ने, लेन बढाउनेजस्ता काम नीतिगत निर्णय लिनुपर्ने स्थानियहरुको सुझाब छ । राजमार्गलाई तीन भागमा बाँडेर कैलाली, डोटी र बैतडीमा रहेका सडक डिभिजनले छुट्टाछुट्टै काम गरिरहेका कारण पनि राजमार्ग सुधारका ठोस कार्यक्रम बन्न सकेका छैनन् । सरकारले सेती लोकमार्ग, महाकाली करिडोर, खुटिया–दिपायल द्रुतमार्ग, चिसापानी–जंगलघाट–मंगलसेन सडकजस्ता पहाडी जिल्ला जोड्ने वैकल्पिक सडक निर्माण थालेको दशकौंसम्म पनि केही प्रगति हुन नसक्दा एक मात्र भीमदत्त राजमार्गले सुदूर पहाडलाई तराईसँग जोडेको छ ।