धनगढी: खान पुगोस् दिन पुगोस् अभियान नेपालले दार्चुलामा विद्यार्थीलाई ट्र्याकसुट, झोला तथा विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ। शनिबार आयोजित कार्यक्रममा अभियानमार्फत जिल्लाको शैल्यशिखर नगरपालिका–९, नायलस्थित गलैनाथ वेतालेश्वर आधारभूत विद्यालमा अध्ययनरत ६२ विद्यार्थीलाई ट्र्याकसुट, झोला र आवश्यक शैक्षिक सामग्री वितरण गरिएको अभियानका संयोजक घनश्याम भट्टले जानकारी दिए।
अभियानलाई निरन्तरता दिँदै वर्षायामको कठिन समयमा समेत दुर्गम विद्यालयसम्म पुगेर विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउएको उनले बताए। अभियानमा आर्थिक तथा अन्य सहयोग गर्ने सबै सहयोगदाता, शुभेच्छुक र स्वयंसेवकप्रति आभार व्यक्त गर्दै संयोजक भट्टले आगामी दिनमा पनि दुर्गम क्षेत्रका विपन्न विद्यार्थीलाई लक्षित सहयोग कार्यक्रमलाई निरन्तर अघि बढाइने बताए।

बिद्यालयमै पुगेर विद्यार्थीलाई पोशाक सहित शैक्षिक सामाग्री सहयोगप्रति विद्यालयका प्रअ अम्बादत्त बिष्टले आभार व्यक्त गरेका थिए ।

